नेपालमा भाइरसको म्युटसन पत्ता लगाउने जीन सिक्वेन्सिङ (जेनेटिक बनावट) परीक्षण शुरु भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय बायोटेक्नोलोजी विभागमा जीन सिक्वेन्सिङ शुरु भएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ र त्रिवि केन्द्रीय बायोटेक्नोलोजी विभागमा १६ वटा गरी ४२ वटा नमुनाको जीन सिक्वेन्सिङ समेत भइसकेको छ। जीवन सिक्वेन्सिङ गरिएका सबै नमुनामा ४१ वटामा डेल्टा भेरियन्ट र गत वैशाखाको एउटा एस जीन नेगेटिभ भएको नमुनामा अल्फा भेरियन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा.रुना झाले जानकारी दिनुभयो।
उहाँका अनुसार ४१ वटा नमुना भदौ र असोज महिनामा संकलन भएका हुन्। जीन सिक्वेन्सिङका लागि जनस्वास्थ्य प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनको नेपाल कार्यालय र एफएचआइ–३६० र त्रिवि जैविक प्रविधि केन्द्रीय विभागलाई वाशिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेका छन्।









तपाईको प्रतिक्रिया