TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सुकुम्वासीका लागी न्याय मांग गर्दै सिडीओ कार्यालय महोत्तरीमा बुझाईयो ज्ञापन पत्र


सुकुम्वासीका लागी न्याय मांग गर्दै सिडीओ कार्यालय महोत्तरीमा बुझाईयो ज्ञापन पत्र
ADVERTISEMENT

सुकुम्वासीहरुको नाममा वितरण गरिएको जग्गा गैर सुकुम्वासीहरुले कव्जा गरेको जग्गा फिर्ता गर्न माग सहित चुरे तथा वनजंगल संरक्षण अभियानले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्र वुझाएको छ ।


चुरे तथा वनजंगल संरक्षण अभियान महोत्तरीको आयोजनामा जलेश्वरमा विरोध प्रर्दशन गर्दै महोत्तरीका गैर सुकुम्वासीले कव्जा गरेको वनको ऐलानी जग्गा फिर्ता गराई असली सुकुम्वासीहरुलाई प्रदान गर्नका जिल्ला प्रशासन कार्यालय महोत्तरीमा ज्ञापनपत्रमाफर्त माग गरिएको छ । ज्ञापनपत्र वुझाएर जलेश्वरको दुर्गा चौकमा आयोजना गरिएको विरोधसभामा सम्वोधन गर्दै चुरे तथा वनजंगल संरक्षण अभियानका केन्द्रिय संयोजक सुनिल कुमार यादवले भ्रष्ट कर्मचारीहरुको मिलोमतोमा सुकुम्वासीको नाउमा बाडिएको जग्गा गैर सुकुम्वासीलाई लालपुर्जा बाडिएको बताउदै जग्गा पाउनुपर्ने असली सुकुम्वासी अहिले पनि जग्गा विहिननै रहेकोले छानवीन गरि मुमाफियाहरुले कव्जा गरेको जग्गा वदर गर्नुपर्ने वताए । उनले गैर सुकुम्वासीले अनाधीकृतरुपमा प्रयोग गर्दै आएको वनको जग्गा फिर्ता लिएर असली सुकुम्वासीले प्रदान नगरिए आन्दोलनको बाढि ल्याएने चेतावनी दिए ।

यता विरोधसभामा बोल्दै अभियानका केन्द्रिय सल्लाहकार तथा समाजीक अभियन्ता सरोज रायले मालपोत कार्यालयको प्रत्यक्ष संलग्नतामा पैसाको लोभमा भुमाफियालाई जग्गा वितरण गरिएको स्पष्टरुपमा देखिएकोले छानवीन गरि असली सुकुम्वासीलाई जग्गा प्रदान नगरिए अब हुने आन्दोलनमा मालपोतका कर्मचारीहरुलाई कार्यालयबाट बाहिर निकालेर कालोमोसो दली जल्लेश्वर नगर घुमाउने चेतावनी दिएका थिए ।

कार्यक्रममा सुकुम्वासी ले सुकुम्वासीको नाउमा बाडिएको जग्गा धनीमनीलाई नै बाडेर हामी सुकुम्वासीहरु अहिले पनि घरबार विहिननै रहेकोले राज्यको दोधारे निती सुधार गर्न माग गरे । उनले भने,राज्यले छानवीन गरोस,सत्य तथ्य आफै बाहिरिन्छ । हाम्रो माग पुरा नगरे जिल्ला प्रशासन कार्यालय महोत्तरी,मालपोत कार्यालय महोत्तरीलाई निरन्तर घेराउ गर्ने वताए ।

चुरे तथा वनजंगल संरक्षण अभियानकी महोत्तरी संयोजक सविता यादवले फितलो कानुनका कारणले समस्याग्रस्तले न्याय नपाउने गरेको वताइन । राज्यको यस्तै वइमान नितीका कारण विभेद अहिले पनि कायम रहेको वताउदै धनी अझै धनी र गरिव अझै गरिव हुदै आएको र यसप्रति राज्यलाई इमान्दार वनेर सुकुम्वासीहरुसंग न्याय गर्नुपर्ने माग गरिन ।

अभियानले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा वुझाएको ज्ञापनपत्रमा उल्लेख भए अनुसार भुमी समस्या समाधान गर्ने नाउमा जिल्लाको ऐलानी पर्तिहरुको साथै बन तथा चुरे वनको हजारौ हेक्टर जग्गा सुकुम्वासीहरुलाई वितरण गरियो तर आज पनि सुकुम्वासीको समस्या जस्ताको त्यस्तै रहेको छ । समस्या सामाधान नहुने प्रमुख कारणको रुपमा सुकुम्वासीको नाउमा गैर सुकुम्वासीहरुलाई जग्गाको लालपुर्जा वितरण गरियो ।वि.स. २०५४ सालमा सुकुम्वसाी आयोग महोत्तरीद्धारा वितरण गरिएको देखिएको छ ।जग्गाको लालपुर्जा गैर सुकुम्वासीलाई वढि वितरण गरिएको देखिएको हुनाले २०५४ देखि हालसम्म सुकुम्वासी आयोग महोत्तरीले वितरण गरेको जग्गाको लालपुर्जा छानवीन गरि गैर सुकुम्वासीको नाउमा रहेका जग्गाको लालपुर्जा बदर गरि दोषी देखिएकालाई कानुनी कारवाही गरियोस भनेर ज्ञापनपत्रमार्फत माग गरिएको छ ।

कार्यक्रममा महोत्तरीका सयौ पिडीत सुकुम्वासीहरुको सहभागीता रहेको थियो । ज्ञापनपत्र वुझाउदै विरोध जुलुस नगर परिक्रमा गर्दै जलेश्वर स्थित मालपोत कार्यालय घेराउ गरेका थिए । कायक्रमको संयोजन अभियानका धनुषा संयोजक अमन यादवले गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पर्सामा प्रहरीले बनायो चाडपर्वलक्षित सुरक्षा योजना

पर्सामा प्रहरीले बनायो चाडपर्वलक्षित सुरक्षा योजना

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य