TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विनाेद चाैधरीसहित १६ नेपालीले विदेशमा अबैध लगानी गरेको खुलासा


विनाेद चाैधरीसहित १६ नेपालीले विदेशमा अबैध लगानी गरेको खुलासा
ADVERTISEMENT

बहुचर्चित पान्डोरा पेपर्स सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय खोज पत्रकारहरुको संजाल आइसीआइजेको संयोजनमा खोज पत्रकारिता केन्द्र (खोपके)ले सार्वजनिक गरेको यो विवरणमा १६ जना नेपालीको नाम पनि गाँसिएको छ ।


उक्त रिपोर्टमा नेपालका केही व्यक्ति र व्यापारिक घरानाले अफसोर कम्पनी खोलेर गोप्य लगानी गरेको जनाइएको छ । गैरकानूनी धन लुकाउन सजिलो मानिने ट्याक्स हेभन मुलुकमा कम्पनी खोलेर नेपाली धनाढ्यहरुले लगानी र सेयर खरिदबिक्री गरेको विषयमा विस्तृत रिपोर्ट सार्वजनिक भएको हो ।

आइसीआइजेले पान्डोरा पेपर्सलाई अहिलेसम्मकै सबैभन्दा ठूलो खुलासा भनेको छ । ११७ देशका ६०० भन्दा बढी पत्रकारको सहभागितामा गरिएको खोजमा खोपकेका तर्फबाट पत्रकारहरु पनि सहभागि थिए । १६ जना नेपालीको नाम सूचीमा जोडिएपनि राजनीतिज्ञ, सरकारी अधिकारी, सेलेव्रिटी र अपराधमा संलग्न व्यक्तिहरुको लगानी भने नभेटिएको जनाइएको छ ।

ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा सांसद तथा नेपाली अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यहरुको नाममा कम्पनी खोली विभिन्न मुलुकमा कारोबार गरेको पान्डोरा पेपर्समा उल्लेख छ । विनोद चौधरी, पत्नी सारिकादेवी, तीन छोराहरु निर्वाण, बरुण र राहुलका नाममा रहेका छन् ।

अर्को व्यापारिक घराना गोल्छा अर्गनाइजेसनले पनि ट्याक्स हेभनमा रहेर कारोबार गरेको जनाइएको छ । दिवंगत भैसकेका उनका दुईजना भाई, काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाका नाममा आइल्यान्ड्समा कम्पनी रहेको जनाइएको छ ।

यसअघि नेपालिक्समा उल्लेख भएका अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको थप लगानी भेटिएको पनि पान्डोरा पेपर्समा उल्लेख छ । राजेन्द्र शाक्य, सहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, सुधीर मित्तल तथा नेपालमा बसोबास गर्ने भारतीय नागरिक राधेश्याम सर्राफको नाम पनि प्रतिवेदनमा जनाइएको छ ।

ट्याक्स हेभन मुलुकमा अफसोर कम्पनी खोलेर लगानी गर्नु गम्भीर विषय रहेको आइसीआइजेका निर्देशक जेरार्ड रायलले उल्लेख गरेका छन् । पान्डोर पेपर्स सार्वजनिक हुनुअघि अष्ट्रेलियाको एबीसी टिभीलाई अन्तर्वार्ता दिँदै उनले अफसोस कारोबार सम्बन्धित देशमा असमानता र गरिबी बढाउनदेखि करबापत आउनुपर्ने रकम मुलुकले गुमाइरहेको बताएका छन् ।

उनका अनुसार १४ वटा सेवा प्रदायक ल फर्मका एक करोड २० लाख कागजात केलाएर यो रिपोर्ट तयार पारिएको हो । ‘यहाँ एउटा छायाँ विश्व छ र अर्कोतर्फ छायाँ अर्थव्यवस्था चलिरहेको छ । छायाँ संसारबारे हामी सचेत छैनौं’ उनले भनेका छन् ।

कानूनको उल्लंघन भएको छैन : चौधरी ग्रुप
उल्लिखित आरोपहरूमाथि चौधरी ग्रुपले छोटो प्रतिक्रिया दिंदै नेपाल र विदेशी कानूनको उल्लंघन नगरेको जनाएको छ । “मेरा बुवा एवम् सीजीका अध्यक्षका अनुसार सिनोभेसन र हाम्रा सबै कम्पनी समूहले विदेशी लगानी सम्बन्धी नेपाली कानून सहित लागू भएका सबै कानून पालन गरेका छन् । त्यसैले तपाईंको इमेलमा उल्लिखित अनुसन्धान सम्बन्धमा हाम्रा थप टिप्पणी र विचार छैनन्” खोज पत्रकारिता केन्द्र कालागि वाशिङ्टन पोष्टका पत्रकार पीटर होरिस्कीले सोधेको प्रश्नमा जवाफ दिँदै राहुल चौधरीले भनेका छन् ।

सीजीले सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीहरूसँग साझेदारी गरेको उनको भनाइ छ । “जहाँसम्म हाम्रो लगानीमा साझेदारहरूको कुरा छ, सीजी र यसका कम्पनी समूहमा विश्वस्तरमा सम्मानित, प्रतिष्ठित र अग्रणी बहुराष्ट्रिय कम्पनीसँग हाम्रो साझेदारी छ । उनीहरूका बारे सार्वजनिक डोमेनमा जानकारी सहजै उपलब्ध छ”, राहुलले इमेल मार्फत प्रतिक्रिया दिंदै भने, “हामी आफ्ना साझेदार विरुद्धका आरोपबारे टिप्पणी गर्न चाहँदैनौं । यसबारे तपाईंलाई कुनै प्रश्न गर्नु छ भने सीधै उनीहरूसँग सम्पर्क गर्नुहोस् ।”

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
जनकपुरधामको मेयर कक्षमा जनमत पार्टीले लगाए ताला

जनकपुरधामको मेयर कक्षमा जनमत पार्टीले लगाए ताला

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य