रुपन्देहीको रूपन्देही उपमहानगरपालिका–१७ र १८ नम्बर वडामा स्थानीय प्रशासनले लगाएको कर्फ्यू आदेश आज पनि जारी छ ।
मोतीपुर औद्योगिक क्षेत्रमा आएर बसेका सुकुम्बासी हटाउने क्रममा चार जनाको मृत्यु, ५० जना घाइते भएपछि स्थानीय प्रशासनले आइतबार ४ बजेदेखि ती वडामा कर्फ्यू आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी गर्नुभएको हो
मोतीपुर औद्योगिक क्षेत्रभित्र प्रवेश नदिनका लागि स्थानीय प्रशासनले कर्फ्यू लगाएको प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताउनुभयो ।
औद्योगिक क्षेत्रमा हजारौं सुकुम्बासी आएर जग्गा कब्जा गरी बसेपछि स्थानीय प्रशासनले आइतबार हटाउन खोज्दा झडप भएको थियो ।
हटाउने क्रममा दोहोरो झडप हुँदा प्रहरी गोली चलाएको थियो। त्यसक्रममा चार जनाको मृत्यु भएको छ। त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको प्रशासनले जनाएको छ।









तपाईको प्रतिक्रिया