जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले मानव स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना महामारीका कारण लगाएको आलोपालो प्रणाली हटाएको छ ।
जिप्रकाले कोभिड १९ का कारण स्वास्थ्यलाई मध्यनजर गर्दै लगाइएको आलोपालो प्रणाली हटाइएको व्यहोरा असोज २५ गते सूचना मार्फत जानकारी गराएको छ ।
महामारीको अवस्थामा उल्लेख्य सुधार देखिएको हुँदा आगामी ३१ गते आइतबारदेखि सबै दिनमा सबै सेवा सुचरु हुने व्यहोरा उक्त सूचनामा उल्लेख गरिएको छ ।
यसअघि संक्रमण बढ्न नदिन स्थानिय तहको आधारमा आलोपालो प्रणाली मार्फत सेवा प्रदान हुँदै आएको थियो ।










तपाईको प्रतिक्रिया