TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

वीरगञ्जमा पेट्रोल अभाव


वीरगञ्जमा पेट्रोल अभाव
ADVERTISEMENT

वीरगञ्ज–११ का रियाज समानीलाई स्कुटीमा पेट्रोल हाल्नु थियो । मंगलबार वीरगञ्जको पावरहाउसदेखि भारतीय महावाणिज्य दूतावासम्मका तीन वटा पेट्रोल पम्प चाहारे । तर उनले ‘पेट्रोल छैन’ भन्ने जवाफ पाए । ‘ वीरगञ्जका तीनवटा पेट्रोल पम्प धाउँदा पेट्रोल पाइएन । किन अभाव भएको हो थाहा छैन,’ उनले भने, ‘अब स्कुटी लगेर घरमा राख्छु, पेट्रोल सहज भएपछि चलाउँछु ।’


कतै पेट्रोलको भाउ बढाउने तयारी भएर त अभाव भएको हैन ? समानीको मनमा शंका छ ।
आयुष सर्राफ स्कुटीमा पेट्रोल सक्किन लागेपछि अपरान्ह साढे ४ बजे वीरगञ्जकै कमल विनायक फ्यूल सेन्टर पुगे । ‘पेट्रोल छैन’ लेखिएको बोर्ड देखेपछि फर्किए ।

रियाज र आयुष जस्तै बारा, पर्सामा पछिल्ला दिनमा सर्वसाधरण पेट्रोलका लागि दौडनेहरु धेरै छन् । पछिल्ला दिनमा घर घरमा मोटरसाइकल र स्कुटी छ । कुनै समय लोकप्रिय सवारी रहेको साइकलको ठाउँ मोटरसाइकल र स्कुटीले लिइसकेको छ । कोही मोटरसाइकल, स्कुटीमा कार्यालय जान्छन्, त कोही व्यापार व्यवसायका लागि दौडन्छन् । त्यसका लागि पेट्रोल त चाहिन्छ नै । तर पाइरहेको छैन ।

कमल बिनायक फ्युल सेन्टरमा आइतबार साँझ आएको ६ हजार लिटर पेट्रोल मंगलबार बिहानसम्ममा वितरण गरिसकिएको छ । पम्पमा ‘पेट्रोल छैन’ भन्ने बोर्ड झुण्ड्याएर राखिएको छ । सर्वसाधरण पेट्रोलका लागि आउँदा रित्तै फर्कन बाध्य छन्, पम्पले पनि व्यापार गर्न पाएको छैन ।

पम्पका सञ्चालक भन्छन्, ‘ चाडबाडको समय छ, दिनमा एक गाडी (१२ हजार लिटर) दिए पनि खपत हुन्छ । तर आयल निगम अमलेखगञ्ज डिपोले तेल दिइरहेको छैन ।’

कमल बिनायक जस्तै पर्सा र बारामा मात्रै १ सय १२ वटा जति पेट्रोल पम्पहरु छन् । यी पम्पमा दैनिक १४ गाडी अर्थात १ लाख ६८ हजार लिटर पेट्रोल खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । तर नेपाल आयल निगम अमलेखगञ्ज डिपोले दशैं लागेदेखि नै यस क्षेत्रमा माग अनुसारको आपूर्ति गर्न सकेको छैन । जसका कारण सर्वसाधरण पेट्रोलका लागि यताउता भौंतारिरहेका छन् । अष्टमीको दिनमा पम्पहरुले मागेजति पेट्रोल दिएको निगमले त्यसपछिका दिनमा भने माग अनुसार दिन सकेको छैन । पाईपलाईनबाट प्रयाप्त आउने भएकोले डिजलको आपूर्तिमा कुनै समस्या देखिएको छैन ।

व्यवसायी भन्छन् व्यवस्थापनको अभाव, निगम भन्छ दशैं विदाको असर

पेट्रोलियम डिलर्स एशोसियसन पर्साका अध्यक्ष विनोद चौरसिया आयल निगमको फितलो व्यवस्थापनका कारण पर्सा, बारामा पेट्रोलको अभाव भएको बताउँछन् ।

‘सामान्य दिनमा हामीले पाउँदै आएको पेट्रोलको २०–३० प्रतिशत मात्रै पाईरहेका छौं । स्टक त परको कुरा दैनिक खपत नै पुगिरहेको छैन,’ उनले भने, ‘पहिला कति चाहिन्छ भनेर अनुमान गरेर स्टक राखेनन्, दशैंमा काठमाडौं लगायत ठूला सहरमा पेट्रोलको माग अत्याधिक बढ्यो, यता कटाएर उता पठाइयो । त्यसको असर बारा, पर्सामा देखिएको छ ।’

एशोसियसन पर्साले आयल निगमले पर्याप्त पेट्रोल नदिएको बारेमा मंगलबार पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई भेटेर गुनासो समेत गरेका छन् ।

भारतमा भन्दा नेपालमा पेट्रोलको मूल्य कम छ । भारतीय सवारी साधनका चालक वीरगञ्ज आएर पम्पबाट पेट्रोल भरेर फर्कन्छन भने ग्रामिण क्षेत्रका कतिपय पेट्रोल पम्पसँगको मिलोमतोमै पेट्रोल भारततर्फ तस्करी हुने गरेको अनुमान आयल निगमको छ । तर हाल पेट्रोलको अभाव हुनुको मुख्य कारण भने दशैं विदा नै रहेको आयल निगम अमलेखगञ्ज डिपोले जनाएको छ ।

अमलेखगञ्ज डिपोका प्रमुख प्रदिप यादवका अनुसार दशैं विदामा ट्याङ्कर पेट्रोल लिन भारतीय आयल निगमको बरौनी डिपो जान नपाएकोले आपूर्ति व्यवस्थामा गडबड देखिएको हो । भारतीय आयल निगमले रक्सौल डिपोबाट पेट्रोलियम पदार्थ दिन बन्द गरिसकेको छ ।

‘अष्टमीसम्म व्यवसायीले माग गरे अनुसार पेट्रोल दिएका थियौं । दशैं विदाका कारण त्यसपछि भन्सार पनि बन्द थियो, शनिबारसम्म ट्याङकर बरौनी तेल लिन गएनन । आईतबारबाट बल्ल जान थालेका हुन्,’ उनले भने, ‘ बरौनी पुगेर लोड भएर आउन तीन दिन जति लाग्छ । त्यसैले गर्दा पेट्रोल नपाउने समस्या देखिएको हो ।’

बारा, पर्साका व्यवसायीले मौज्दात क्षमता बढाउन नसकेकोले समस्या देखिएको बताउँदै उनले मंगलबार साँझ डिपोबाट बारा, पर्साका लागि १ लाख ८० हजार लिटर पेट्रोल पठाइसकिएकोले बुधबार पेट्रोल अभावको समस्या हट्ने दावी गरे ।

‘हाइवेदेखि उत्तरमा पेट्रोल नपाउने समस्या छैन, दक्षिणतिर बाईक र गाडीमा पेट्रोल भारततिर पनि जाने गरेको छ,’ उनले भने, ‘चितवन, काठमाडौंमा जस्तो तीन चार दिन धान्ने स्टक राख्ने क्षमता यस क्षेत्रमा छैन, त्यसैले एक दुई दिन तेल नआउने वित्तिकै समस्या देखा पर्ने गरेको छ , डिपोबाट १ लाख ८० हजार लिटर तेल गईसकेकेले अब समस्या समाधान हुन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य