जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरद्वारा मुजेलियामा नवनिर्मित प्रशिक्षण केन्द्र ओम शान्ति मिथिला वाटिकाको आज एक कार्यक्रमका बिच समुद्घाटन गरेका छन् ।
सेवा केन्द्रको नेपाल निर्देशक राज दादीमाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले मानिसलाई अहिन्साको बाटोमा डो¥याउने सेवा केन्द्रको भुमिका प्रशन्सनिय रहेको बताउनु भयो ।
पाँच कठ्ठा क्षेत्रफलमा चार करोड पचास लाखको लागतमा निर्माण भएको उक्त भवनमा राजयोग सेवा केन्द्र सङ्ग सम्बन्धि प्रशिक्षण हरु सञ्चालन हुने जनाईएको छ ।
समारोह प्रदेश सभा सदस्य राम अशिष यादव , शत्रुधन महतो, परमेश्वर साह , शारदा थापा सहित समाजसेवीहरुको विशेष सहभागिता रहेको थियो ।

















तपाईको प्रतिक्रिया