TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

चाडबाडका बेला व्यापारमा व्यापक वृद्धि


चाडबाडका बेला व्यापारमा व्यापक वृद्धि
ADVERTISEMENT

काठमाडौं । मुख्य चाडबाडको समय र कोभिड–१९ संक्रमण दर पनि न्यून हुँदै गएपछि अन्तर्राष्ट्रिय व्यापारमा व्यापक वृद्धि भएको छ ।


नेपालीको मुख्य चाडबाड दशैँको महिना अर्थात् असोजमा मात्रै अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपैयाँ नजिक पुगेको छ । भन्सार विभागको असोजसम्मको व्यापार तथ्याङ्कअनुसार आयात र निर्यात दुवैमा भएको वृद्धिले समग्र व्यापार बढेको देखिन्छ ।

असोजसम्म सबैभन्दा धेरै २३ अर्ब ३२ करोड रुपियाँको डिजेल आयात भएको छ । त्यसपछि दोस्रोमा २० अर्ब ६० करोडको कच्चा भटमास तेल, १७ अर्ब १७ करोडको मोबाइल, १३ अर्बको कच्चा पाम तेल र १२ अर्ब ८६ करोडको पेट्रोल आयात भएको छ ।

आयात मात्र होइन, असोजसम्म निर्यातमा पनि व्यापक वृद्धि भएको छ । विभागका अनुसार तीन महिनामै नेपालले ६५ अर्ब रुपियाँको वस्तु निर्यात गरेको छ जुन अघिल्लो असोजसम्मको तुलनामा दोब्बरले बढी हो । अघिल्लो असोजसम्म नेपालले ३१ अर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो । असोजमा मात्रै नेपालबाट २१ अर्ब रुपियाँको वस्तु निर्यात भएको देखिन्छ ।

नेपालको निर्यातलाई भने खासगरी भटमास र पामको प्रशोधनले सघाएको देखिन्छ । भारतले नेपाललाई उपलब्ध गराएको निर्यात सहुलियतको उपयोगबाट समग्र निर्यात नै उकासिन पुगेको छ । असोजसम्म नेपालले २२ अर्ब रुपियाँको भटमास तेलको निर्यात गरेको छ । त्यसपछि साढे १३ अर्बको पाम तेल, दुई अर्ब ४५ करोडको गलैँचा र एक अर्ब ८७ करोड रुपियाँको ऊनीका उत्पादनको निर्यात भएको छ ।

निर्यातमा भएको वृद्धिले समग्र अन्तर्राष्ट्रिय व्यापारमा यसको हिस्सा पनि बढाएको छ । गत असोजसम्मको कुल व्यापारमा निर्यातको हिस्सा ९.६० प्रतिशत मात्र रहेकामा चालू अवधिमा करिब १२ प्रतिशत हिस्सा पुगेको छ । असोजसम्म नेपालको कुल अन्तर्राष्ट्रिय व्यापार पाँच खर्ब ४३ अर्ब रुपियाँ पुग्दा व्यापार घाटा भने चार खर्ब १३ अर्ब रुपियाँ रहेको विभागको तथ्याङ्क छ । साभार गोरखापत्र दैनिक

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
खानेपानी आपूर्ति निश्चित गर्न निर्देशनः खानेपानी मन्त्री चौधरी

खानेपानी आपूर्ति निश्चित गर्न निर्देशनः खानेपानी मन्त्री चौधरी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य