हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल मौसमको अवस्था
हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहेको महाशाखाको भनाइ छ ।
मंगलवार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। देशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईका भूभागमा सामान्यतया सफादेखि आंशिक बदली रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।









तपाईको प्रतिक्रिया