काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आपूर्ति निश्चित गर्न निर्देशन दिएका छन् ।
३ सातादेखि आन्दोलनरत काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेयल) का कर्मचारीहरुले राखेको माग सम्बोधन गर्दै मेलम्चकिो पानी आपूर्ति सुनिश्चित गर्न निर्देशन दिएका हुन् ।
केयुकेयलका कर्मचारीहरु सेवा सुविधा बढाउनुपर्ने, मेलम्चीको पानी आपूर्ति व्यवस्थापन सहज बनाउनुपर्ने माग राख्दै आन्दोलनरत थिए । खानेपानीमन्त्री चौधरीले कर्मचारीहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आइतबारदेखि आन्दोलन फिर्ता लिएका छन् । केयुकेयलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले सहमतिपछि आन्दोलन फिर्ता भएको जानकारी दिनुभयो । उनले सहमति भएका बुँदा छिट्टै नै कार्यन्वयन गरिने जानकारी दिए ।
मेलम्ची खानेपानी विकास समितिका अनुसार बाहिरी संरचना ढुंगा, गिट्टी, बालुवा र माटोले हेडवर्कस पुरिएपनि ठूलो क्षति भने भएको छैन । बाढीका कारण मेलम्ची नदीमा थुप्रिएका ढुंगा, गिट्टी, बालुवा सफा गर्न मात्रै ३५ करोड लागत लाग्ने समितिको अनुमान छ । समितिले करिब १ वर्ष आयोजना मर्मत गर्न समय लाग्ने बताए पनि अझै कति लागत लाग्ने र ठ्याक्कै समय कति लाग्ने भन्ने विषयमा विस्तृत अध्ययन तयार पारिसकेको छैन ।









तपाईको प्रतिक्रिया