जनकपुरधाम । “भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ बलबा नगरपालिकाका नगरवासीहरुले आन्दोलन गरेका छन् ।
महोत्तरीस्थित बलबा नगरपालिकामा मंगलबारदेखि स्थानियवासीहरुले सात बुँदे माग राख्दै “भ्रष्टचारी/तानासाह/ठेकेदार मेयर खबरदार” भन्ने नाराका साथ धर्ना तथा शन्तिपूर्ण आन्दोलन गरेका हुन् ।
पालिकाका बासिन्दाले पटक पटक सूचना माग गर्दा पनि आफूले कुनै सूचना नपाएको हुँदा धर्ना तथा आन्दोलन कार्यक्रम थालनी गरेका हुन् ।
उक्त पालिकाकाले जनकपुरधामबाटनै पालिकाको सम्पूर्ण कार्य गर्दै आएको तथा सूचना माग गर्दा सूचना पनि नदिएको भन्दै उक्त आन्दोलनका अगुवा ई. बसन्तराज साहले आरोप लगाउँदै केहीदिन अघि सूचनाको हक सम्बन्धि ज्ञापनपत्र समेत बुझाएको जानकारी दिएका थिए ।
उनले भने,‘ सात दिनभित्र पालिकाले कुनै प्रतिक्रिया नदिए आन्दोलतरत समुह स्वरुप परिवर्तन गरि प्रस्तुत हुने चतावनी समेत दिएको जानकारी दिए । यसअघि सूचना माग गर्दा सूचना नदिएको भन्दै स्थानियले पालिकामा तालाबन्दीसमेत गरेका थिए ।
उक्त शन्तिपूर्ण आन्दोलनमा राजनारायण साह, दिपेन्द्र यादव, उदय यादव, रामनन्दन साह लगायत स्थनियहरुको सहभागीता रहेको थियो ।










तपाईको प्रतिक्रिया