वासिङटन । विज्ञहरुले पाँच वर्षमाथिका बालबालिकालाई कोभिड –१९ विरुद्धको फाइजर खोप लगाउन सिफारिस गरेका छन् ।
अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडिए) का विज्ञहरुले मंगलबार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर÷बायोएनटेक खोप दिनुपर्ने भन्दै सिफारिस गरेका हुन् ।
विज्ञहरुले खोपको सिफारिस दिएसँगै चाडै नै पाँच वर्षमाथिका बालबालिकाले कोभिडविरुद्धको खोप फाइजर लगाउने बाटो खुलेको छ । सो खोपको अनुमति केहि साताभित्रै दिइने बताइएको छ ।
गएको सेप्टेम्बरमा खोप निर्माता कम्पनीले गरेको परीक्षणमा सो उमेर समूहका बालबालिकाका लागि सो खोप सुरक्षित रहेको देखाएको थियो । सो खोपले अन्य स्वास्थ्य समस्या निम्त्याएमा आफुहरु जिम्मेवार रहने प्रतिबद्धता विज्ञहरुले गरेका छन् ।
अमेरिकाले यसअघि नै १२ वर्ष उमेरभन्दा माथिका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन थालिसकेको छ । ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले फाइजर खोप लगाउने अनुमति पाएपछि अमेरिकाका करिब २ करोड ८० लाख बालबालिका लाभान्वित हुने बताइएको छ ।
एफडिए र रोग नियन्त्रण एवम् रोकथाम केन्द्र (सिडिसि)ले थप अनुमति दिएपछि सो खोपको लगाउने निर्णय गरिएको छ । साभार बीबीसी









तपाईको प्रतिक्रिया