हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली र बाँकी भूभागमा सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।
बिहीवार दिउँसो देशभर आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहने महाशाखाले जारी गरेको मौसमसम्बन्धी विज्ञप्तिमा जनाइएको छ।









तपाईको प्रतिक्रिया