TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सुनचाँदी पसल सञ्चालक साहलाई गोली हानी लुटपाट गरेर फरार रहेका पासवान पक्राउ


सुनचाँदी पसल सञ्चालक साहलाई गोली हानी लुटपाट गरेर फरार रहेका पासवान पक्राउ
ADVERTISEMENT

पाँच महिनाअघि महोत्तरीको एक सुनचाँदी पसलमा आक्रमण गरी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका-२ पुर्नवास निवासी कारी भनिने विश्वनाथ पासवान छन् ।

पासवानसहितको समूहले गत असार ३ गते सम्सी गाउँपालिका-१ पर्सा बजार बस्ने ५७ वर्षीय वीरेन्द्र साहले सञ्चालन गरेको राजीव ज्वेलर्समा आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साहको पसलमा प्रवेश गरी पासवानसहितको समूहले उनकी पत्नी सुशिला देवी, छोराहरू शम्भु साह, राजीव साह र छोरी कञ्चन कुमारीमाथि रडले आक्रमण गरेको थियो । पसल सञ्चालक साहको ढाडमा गोली प्रहार गरी सो समूहले ८ लाख ९७ हजार २ सय बराबरको नगद तथा सुनचाँदीका गरगहना लुटेर लगेको थियो ।

लुटपाटमा संलग्न व्यक्तिहरू मध्येका मुख्य योजनाकार पासवान नै रहेको प्रहरीको भनाइ छ । महोत्तरीको सोनमा गाउँपालिका-३ रघुनाथपुरमा घुमफिर गरिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको र उनीमाथि थप अनुसन्धान भइहेको महोत्तरीका डीएसपी प्रकाश विष्टले जानकारी दिए । विष्टका अनुसार पासवान विभिन्न अपराधिक घट्नामा समेत संलग्न रहेको पाइएको छ । २०६६ वैशाख ७ गते पासवानसहितकाले हतियार देखाउँदै सर्लाहीका राम किशोर महतोको साथमा रहेको नगद ७ लाख ५० हजार रुपैयाँ लुटेका थिए ।

उनीविरुद्ध सर्लाहीमा डाँका तथा हातहतियारसम्बन्धी मुद्दा पनि चलेको उनले बताए । २०६४ भदौ १९ गते लालबन्दीबाट नयाँ रोड हरिवनतर्फ गइरहेको ना २ ख ८७८५ नम्बरको ट्रकमा बम प्रहार गरी आगो लगाइ क्षति पुर्‍याएको घट्नामा पनि पासवानमाथि मुद्दा रहेको उनले बताए ।

यस्तै, पासवान सिरहाको मिर्चेयामा २०७३ साल असार १ गते भएको रु २ लाख १७ हजार बराबरको गहना लुटपाट, सर्लाही, धनगडीमाई–४ बस्ने प्रदिपकुमार साहको घरकोठामा प्रवेश गरी कुटपिट गर्दै अपहरण गर्न खोजेको घट्नामा तथा रुपन्देहीमा गरगहना लुटपाट गरेको घट्नामा उनीविरुद्धमुद्दा रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक

कांग्रेस महाधिवेशनको संशोधित कार्यतालिका सार्वजनिक

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य