काठमाडौं । सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि नेपाली राजदूतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री र बेलायतमा ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरेको सरकारका प्रवक्ता मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका भारत, अमेरिका र बेलायतका राजदूतलाई हालै फिर्ता बोलाएको थियो । भारतमा निलाम्बर आचार्य, अमेरिकामा डा. युवराज खतिवडा र बेलायतमा लोकदर्शन रेग्मी राजदूत थिए ।









तपाईको प्रतिक्रिया