धनगढी । कैलालीमा लागुऔषध खैरो हिरोईन सहित तिन जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका १ स्थित बुद्धमार्गबाट उनीहरुलाई ४ ग्राम १०० मिलि ग्राम लागु औषध खैरो हिरोईन पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका ८ निवासी १९ वर्षिय आदर्श कुंवर, २४ वर्षिय बसन्त चौधरी र वडा नम्बर ६ बस्ने १८ वर्षिय हिमाल शाही रहेका छ्न । जिल्ला प्रहरी कार्यालय कार्यालयबाट खटिएकोे प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरूलाई शनिबार साझ साढे ५ बजे वुद्धमार्ग स्थित सडक खण्डमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए ।
उनीहरु तिनै जनालाई पक्राउ गरी लागु औषध खैरो हिरोईन मुद्धा शिर्षकमा मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया