TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

७ अर्ब वर्षपछि पृथ्वीमा ठोक्कियो भयानक तरंग


७ अर्ब वर्षपछि पृथ्वीमा ठोक्कियो भयानक तरंग
ADVERTISEMENT

आठवटा सूर्यबाट एकसाथ उत्सर्जन हुने ऊर्जा कति होला, कल्पना गर्नुस् त । त्यति नै परिमाणमा ब्रह्माण्डको एक भागमा उत्पत्ति भएको भयानक ऊर्जाको तरंग अन्ततः ७ अर्ब वर्षपछि पृथ्वीसम्म आइपुगको छ ।


दुईवटा ब्ल्याक होलहरु एक आपसमा मर्ज हुँदा निस्किएको ऊर्जाबाट सिर्जित गुरुत्वाकर्षण तरंगको झट्का (सक वेभ) पृथ्वीमा आएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

सात अर्ब वर्षअघि ब्ल्याक होलहरु आपसमा मर्ज भएको उक्त घटना ब्रह्माण्डमा अहिलेसम्म भएको सबैभन्दा ठूलो मर्जर भएको पनि वैज्ञानिकहरुको दाबी छ ।
उक्त मर्जरबाट सिर्जना भएको गुरुत्वाकर्षण तरंग पृथ्वीसम्म आइपुग्न सात अर्ब वर्ष लाग्नुलाई ब्ल्याक होल मर्जरको सो खगोलिय घटना ब्रम्हाण्डमा पृथ्वीभन्दा निकै नै टाढा भएको सहजै अनुमान लगाउन सकिन्छ । भयानक ऊर्जाबाट सिर्जित भई पृथ्वीसम्म आइपुगेका ती तरंगहरुलाई अमेरिका तथा इटालीमा रहेका लेजर डिटेक्टरहरुले गत मे महिनामा पत्ता लगाएका हुन् ।

दुईवटा ब्ल्याकहोलहरु आपसमा ठक्कर खाई मर्ज हुँदा सूर्यभन्दा १ सय ४२ गुणा ठूलो पिण्ड निर्माण भएको छ ।

अमेरिका र युरोपको सहकार्यमा स्थापित अत्यन्त शक्तिशाली गुरुत्वाकर्षण तरंग मापक प्रणाली (सुपर सेन्सिटिभ ग्राभिटेसनल वेब डिटेक्सन सिस्टम) अन्तर्गत रहेका तीनवटा प्रणालीले गत मे २१ मा ब्रम्हाण्डबाट पृथ्वीमा आएका उल्लेखित तरंग मापन गरेका थिए । त्यसबाट प्राप्त डाटा विश्लेषण गरी वैज्ञानिकहरुले ती तरंग ७ अर्ब वर्षअघि मर्ज भएका कालो छिद्रहरुबाट आएका ठहर गरे । ती काला छिद्रहरुमध्ये एउटा सूर्यभन्दा ६६ गुणा र अर्को ८५ गुणा ठूलो थियो ।

दुईवटा ब्ल्याकहोल मर्ज भएको ब्रह्माण्डको उक्त ठाउँ पृथ्वीभन्दा १ सय ५० बिलियन ट्रिलियन किलोमिटर टाढा रहेको पनि वैज्ञानिकहरुको निष्कर्ष छ ।

वैज्ञानिकहरुका अनुसार ताराहरुमा चमक र ऊर्जा सकिएसँगै ब्ल्याकहोलमा परिणत हुन्छन् । ब्ल्याकहोलमा गुरुत्वाकर्षण बल यतिधेरै हुन्छ कि त्यसले आफूतर्फ आउने अन्य सबै वस्तुलाई मात्र नभई प्रकाशलाई समेत निल्दछ ।

कतिपय ब्ल्याक होलहरुको वजन सूर्यभन्दा अर्बौं गुणासम्म ठूलो हुने बताइन्छ । ब्रह्माण्डमा रहेका ब्ल्याकहोलहरु एक अर्कासँग नजिकिँदा निकै नै शक्तिशाली गुरुत्वाकर्षण तरंग पैदा गर्दछन् । वैज्ञानिकहरुले ७ अर्ब वर्षपछि पृथ्वीमा आइपुगेको उक्त गुरुत्वाकर्षण तरंग तथा त्यसको उत्पत्तिको स्रोतको रुपमा रहेको ब्ल्याक होल मर्जरको घटनालाई समग्रमा GW190521 नाम दिएका छन् ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
विविध

अतिक्रमणकाे चपेटामा परेका र लुप्त भइसकेका ताल तथा पाेखरीकाे नक्साङ्कन

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

बिहिबार, १२२८ जना कोरोना संक्रमित थप

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य