TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नेपाल-भारत वार्ताका लागि गहन पहल


नेपाल-भारत वार्ताका लागि गहन पहल
ADVERTISEMENT

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादपछि दुई देशका संयन्त्रहरूबीच वार्ताका गृहकार्य भइरहेका छन्। भारतीय स्वतन्त्रता दिवसका अवसरमा साउन ३१ गते प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाई शुभकामना दिएका थिए। प्रधानमन्त्री ओलीको त्यही टेलिफोनले नेपाल र भारतबीचको संवादहीनता अन्त्य गराइदिएको हो।


दुवै मुलुकका परराष्ट्र मन्त्रालयका अधिकारीहरू केहीयता नेपाल र भारतबीच स्थापित विभिन्न संयन्त्रको वार्ता गर्ने आन्तरिक तयारीमा जुटेका छन्। नेपाल-भारत सचिवस्तरीय बैठक, बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठकको तयारी भइरहेको स्रोतले बताएको छ। यद्यपि ती बैठकको मिति तय भइसकेको छैन।

दुई मुलुकका विभिन्न संयन्त्रबीच हुन लागेका बैठकहरूले नेपाल-भारत सम्बन्ध सुधारोन्मुख देखिएको छ। ‘परराष्ट्रमन्त्रीस्तरीय बैठक गर्नेबारेसमेत तयारी भइरहेको छ’, परराष्ट्रका एक अधिकारीले अन्नपूर्णसँग भने। यसअघि भदौ १ मा नेपाल-भारत संयुक्त निगरानी संयन्त्र (ज्वाइन्ट ओभरसाइट मेकानिज्म)को बैठक बसेको थियो। बैठकले नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरूको समीक्षा गरेको थियो। भर्चुअल माध्यमबाट भएको बैठकको नेतृत्व नेपालका तर्फबाट परराष्ट्र सचिव र भारतका तर्फबाट भारतीय राजदूतले गरेका थिए।

निगरानी संयन्त्रको बैठकलाई दुवै मुलुकले उपलब्धिका रूपमा लिएका छन्। ‘नेपाल-भारत विभिन्न संयन्त्रको बैठकको तयारी भइरहेको छ। केही बैठक भइसकेका छन्’, भारतीय दूतावासका एक अधिकारीले अन्नपूर्णसँग भने, ‘दुई प्रधानमन्त्रीबीचको टेलिफोन संवादपछि सकारात्मक दिशामा सम्बन्ध अघि बढिरहेको छ।’ दुई मुलुकका स्थापित संयन्त्रहरूबीच अब नियमित संवाद हुने ती अधिकारीले बताए।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारत असन्तुष्ट बनेको थियो। त्यसपछि दुई देशबीच औपचारिक संवाद भएको थिएन। सामान्य कूटनीतिक सम्बन्धबाहेक राजनीतिक स्तरमा छलफल ठप्प थियो। प्रधानमन्त्रीबीच संवाद भएपछि परराष्ट्र सचिवस्तरीय बैठकको तयारी भइरहेको छ। परराष्ट्र सचिवस्तरीय बैठकका लागि दुवै मुलुकका अधिकारीहरू तयारीमा जुटेका छन्। त्यसपछि दुई मुलुकबीच बाउन्ड्री वर्किङ ग्रुप र नेपाल-भारत संयुक्त आयोगको बैठक हुनेछ।

यहीबीच भारतीय राजदूत विनयमोहन क्वात्रा नयाँ दिल्ली पुगी नेपालको पछिल्लो राजनीतिक अवस्था र केही महिनायता सम्बन्धमा देखिएका समस्याबारे ब्रिफिङ गरेर फर्किएका छन्। दिल्लीमा रहँदा राजदूत क्वात्राले सचिवस्तरीय वार्ता, बाउन्ड्री वर्किङ ग्रुपलगायत अन्य संयन्त्रको बैठक गर्नेबारे त्यहाँका परराष्ट्रका अधिकारीहरूसँग छलफल गरेको स्रोतले बताएको छ। भारत जानुअघि राजदूत क्वात्राले प्रधानमन्त्री केपी ओलीसँग अनौपचारिक छलफल गरेका थिए। प्रधानमन्त्री ओलीको सन्देश लिएर उनी गएका थिए।

राजदूत क्वात्राले दिल्लीमा विदेश सचिव र विदेशमन्त्रीलाई नेपालका राजनीतिलगायत विविध पक्षबारे ब्रिफिङ गरेका थिए। दिल्ली जानुअघि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छुट्टाछुट्टै अनौपचारिक छलफल गरेका थिए। दिल्लीबाट भदौ ९ गते नेपाल फर्किएका क्वात्रा अहिले सेल्फ क्वारेन्टाइनमा छन्। क्वारेन्टाइनको अवधि सकिएपछि राजनीतिक भेटघाट गर्ने स्रोतले जनायो।

नेपालस्थित भारतीय दूतावास र परराष्ट्र मन्त्रालयले सचिवस्तरीय वार्ताको मिति र एजेन्डाबारे आन्तरिक गृहकार्य गरिरहेका छन्। परराष्ट्र सचिवस्तरीय बैठकमा नेपाल-भारत पछिल्लो सम्बन्ध, रक्सौल-काठमाडांै रेलमार्गलगायत अन्य परियोजनाबारे छलफल हुनेछ। सचिवस्तरीय बैठकमा रक्सौल-काठमाडौं रेलमार्गको डीपीआर गर्नेबारे केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले बताएको छ।

परराष्ट्र सचिवस्तरीय बैठकलगत्तै सीमा विवादबारे छलफल गर्न नेपाल-भारत बाउन्ड्री वर्किङ ग्रुपको बैठक बस्ने तयारी रहेको स्रोतले बताएको छ। उक्त बैठकमा पछिल्लोपटक नेपाल र भारतबीच उत्पन्न सीमा विवादबारे छलफल हुनेछ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
Next Post
प्रदेश २ : भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

प्रदेश २ : भारतसँगको सीमा नाकामा सुरक्षा पोष्ट बढाउँदै सशस्त्र प्रहरी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य