गौर, असोज १६ गते । रौतहटको गौरमा मानव सेवा केन्द्रको आयोजनामा तथ जेष्ठ नागरिक जिल्ला संघको सहकार्य अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस बिहीबार मनाइएको छ ।
मानव सेवा केन्द्रका सचिव तथा जेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष बिजय किशोर झाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा ज्येष्ठ नागरिकहरुको योगदान र बर्तमान अवस्थाको बारेमा चर्चा भएको छ ।
गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरको पहलमा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सभापति रामएकवाल राय यादवले जेष्ठ नागरिकलाई हक अधिकार सहित सम्मान दिनुपर्ने कुरामा जोड वर्तमान अवस्थामा बारे प्रकाश पारेका थिए ।

जिल्लाका बुद्धिजीवी तथा भद्रभलादमीको उपस्थितिमा भएको सो कार्यक्रममा जेष्ठ नागरिकहरुको हक हित, मान सम्मान लगायत का विभिन्न विषय माथि छलफल गरिनुका साथै मानव सेवा केन्द्र गौर रौतहटको उदेश्य लक्ष्य र परिकल्पना बारे प्रस्तुति गरिएको थियो ।
तपाईको प्रतिक्रिया