TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण


कोभिड प्रभावित युवालाई आत्मनिर्भर बनाउन प्रशिक्षण
ADVERTISEMENT

जनकपुर । वैदेशिक रोजगारबाट फर्केका तथा कोभिड १९ (कोरोना भाइरस) बाट प्रभावित ५० जना युवालाई आत्मनिर्भर बनाउन तीन महिने प्रशिक्षण दिइएको छ ।
धनुषाका दुई र सिरहा तथा महोत्तरीका एक एक नगरपालिकाका ५० जना युवालाई आसमान नेपालले उक्त प्रशिक्षण दिएको हो । सिरहाको गोलबजार नगरपालिकाका १० र धनुषाको सबैला नगरपालिकाका १५ जनागरी २५ जनालाई बेमौसमी तरकारी खेतीसम्बन्धी तालिम दिइएको छ ।
त्यस्तै, धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका १५ र महोत्तरीको लोहारपट्टी नगरपालिकाका १० जनागरी २५ जनालाई हाउस वाइरिङसम्बन्धी तीन महिने तालिम दिइएको आसमान नेपाल, सबैला नगरपालिकाका संयोजक सुरेश यादवले जानकारी दिए ।


प्रशिक्षणमा वैदेशिक रोजगारबाट फर्केर स्वदेशमै गरी खान चाहने, सीमान्तकृत, दलित, पिछडिएको वर्ग तथा महिलालाई प्राथमिकता दिइएको थियो । वैदेशिक रोजगारमा नगई स्वदेशमै केही गर्न चाहने र व्यवसाय गर्न आवश्यक पूजीको अभाव हुने युवालाई सीप दिएर आत्मनिर्भर बनाउने प्रशिक्षण कार्यक्रमको मुख्य उदेश्य रहेको संयोजक यादवले बताए ।
असोज पहिलो सातादेखि सुरु भएको तालिम पुस एक गते सम्पन्न भएको हो । बेमौसमी तरकारी खेती र हाउस वाइरिङ सिकाउन ३९० घण्टाको कक्षा सञ्चालन गरिएको थियो ।
जनकपुरधाम उपमहानगरपालिकाको १७ नम्बर वडा (कनकपट्टी) मा सञ्चालित हाउस वाइरिङसम्बन्धी तालिममा तीन जना महिला पनि सहभागी भएका थिए । व्यवसायिक रुपमा हाउस वाइरिङको काम गर्न सम्भवतः पहिलो पटक महिलाको सहभागिता देखिएको हो । उक्त तालिममा सहभागी मध्ये एक जना महिलाले बिजुलीको सामग्री बेच्ने पसल सञ्चालन गरेकी छन् भने तीन जनाले तालिम लिँदालिदै वाइरिङसम्बन्धी कामको ठेक्का पाएर आय आर्जनमा सहभागी भएको प्रशिक्षक लक्ष्मी यादवले जानकारी दिए ।

बेमौसमी तरकारी खेतीका लागि तालिम लिएका सबै जसो सहभागीले व्यवसायिक तरकारी खेती सुरु गरिसकेका छन् । सबैलामा दुई वटा समूहमा सामुहिक तरकारी खेतीको तयारी थालिएको संयोजक यादवले जानकारी दिए । उनका अनुसार सबैलाको इनर्वा र पटेर्वामा सामुहिक तरकारी खेतीको लागि जग्गाको खोजी भइरहेको उनले बताए । तालिम सकिएपछि सबै पालिकामा सीप प्रदर्शनी समारोह आयोजना गरिएको थियो । नगर प्रमुखहरु, व्यापार संघ, रोजगारदाता र ऋण प्रवाह गर्ने निकायका प्रतिनिधिहरुको सक्रिय उपस्थितिबीच आयोजित सीप प्रदर्शनी समारोहले सर्वसधारणमा आत्मनिर्भर बन्ने संस्कृतिको प्रबद्र्धन भएको समारोहमा सभागी नेपाल बैंकका सबैला शाखा प्रबन्धक धर्मेन्द्र कर्णले बताए ।

प्रशिक्षण सकिएपछि सीपयुक्त जनशक्तिलाई रोजगारसँग जोड्ने उदेश्यले सीप प्रदर्शनी समारोह आयोजना गरिएको संयोजक अरबिन्द चौधरीले बताए । महोत्तरीको लोहारपट्टी नगरपालिकाका प्रमुख शैलेन्द्र यादवले रोजगार मेलालाई सम्बोधन गर्दै नव प्रशिक्षित युवाहरुलाई उपहारको रुपमा टुल बक्स वितरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025
औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर
अर्थ

औद्योगिक एक्स्पो २०२५: मधेशका युवाका लागि रोजगारी र सीप विकासको अवसर

September 7, 2025
मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड
Headline

मिथिलामा पितृपक्षको प्रारम्भः तर्पणसँगै सामाजिक एकता र पवित्रतालाई जोड

September 7, 2025
Next Post
सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो

सर्लाहीमा अन्र्तराष्ट्रिय आप्रवासन दिवस मनाइयो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य