काठमाडौं ,पुस १९ आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी ) को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय निर्णय गरेको हो । कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न पाइने भएको छ ।
हालका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ । सीसीएमसी बैठकले निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ । सीसीएमसीको निर्णय मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने छ
आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।
लामो समयदेखि विद्यालयहरु सञ्चालनमा नआउँदा लाखौं बालबालिकाहरु अहिलेसम्म विद्यालय जान पाइरहेका थिएनन् । आइतबारको सीसीएमसी बैठकले विद्यालय खोल्न दिने निर्णय गरेता पनि विद्यालयहरु सञ्चालनमा आउन केही दिन लाग्न सक्छ ।
आइतबार सीसीएमसीले गरेको निर्णय अब बस्ने मन्त्रिपरिषद बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने सीसीएमसीले जनाएको छ ।
सीसीएमसीको बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री कार्यालयका सचिव गुरागाईंले नेपाल सरकारको पूर्वनिर्णयअनुसार रोक लगाइएका सबै क्षेत्रहरु हाललाई खुला गर्ने निर्णय भएको बताए । यी क्षेत्रहरु खुल्ला गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउने निर्णय भएको उनले बताए ।
तर, कोरोना संक्रमणको स्थितिको विश्लेषण गरेर रोक लगाउन सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिइएको गुरागाईले स्पष्ट पारे ।
कोभिडको संक्रमण कम भएको, बजारमा भिडभाड बढेको र आवागमन बढेको अवस्थामा नयाँ कोरोना भाइरसको संक्रमणको प्रवेश भएमा दोस्रो लहर आउन सक्ने अवस्थालाई ध्यान दिएर स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए\नभएको सम्बन्धमा नियमित अनुगमन गरिने गुरागाईले बताए । र, यसमा लापरवाही गर्नेलाई कारवाही गर्ने निर्णय भएको पनि सचिव गुरागाईले बताए ।
तपाईको प्रतिक्रिया