TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

१० वर्षदेखि वेवारिसे भवनको भित्री कथा


१० वर्षदेखि वेवारिसे भवनको भित्री कथा
ADVERTISEMENT

भक्तपूरको राधेराधे चोकको देब्रेपट्टि उभिएको अजङ्गको वेवारिसे भवन देख्नासाथ सबैको मनमा उब्जिने प्रश्न हो, ‘यति ठूलो भवन कसको होला ? किन यो हातलमा राखिएको होला ?’ आदि । भाटभटेनी सुपमार्केटको छेवैमा निर्माणाधिन यो भवन वर्षौदेखि ठडिएको भएपनि ‘फिनिसिङ’ भने हुन सकेको छैन । 


यस्तो छ भित्री कथा

उक्त भवनको निर्माण कम्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभलपर प्रालि हो । आवासीय अपार्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिकरणबाट निर्माणको स्वीकृति पाएको यो विशाल भवनको नाम ‘न्यौपाने टावर्स’ हो । भक्तपूरको मध्यपुर थिमि नगरपालिकास्थित अपार्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले प्राधिकरणबाट १३ तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइएपछि प्राधिकरणले स्पष्टिकरण सोध्यो । फलस्वरुप आकृति मात्रै ग्रहण गरेको भवनले पूर्णता पाउन सकेन ।

१३ तल्ला निर्माणको स्वीकृति प्राधिकरणबाट पाएको भएपनि छेवैमा ५ तल्ला थप गरेर व्यवसायायिक कम्प्लेक्सको समेत निर्माण थालिएपछि प्राधिरणरले प्रश्न उठाएको थियो । तर, पाँच तले भवनको नक्सा भने २०६७ साल मंसिर २ गते नै नगरपालिकाबाट पास भइसकेको बताइन्छ । 

१७ तल्लाका लागि ‘फार’ मा त्रुटि पाईएको नगरपालिकाको तर्क छ । प्राधिकरणको भक्तपूर कार्यालयले भने नगरपालिकाबाट स्वीकृति भएको जानकारी नआएको बताएको छ । प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजुका अनुसार एक पटक फुकुवा गर्ने सम्बन्धमा नगरपालिकाका प्रतिनिधिसहित प्राधिकरणको बोर्डमा छलफल पनि भएको थियो ।

थिमि नगरपालिकाका तत्कालीन इन्जिनीयर सत्यनारायण साहले २०६७ मा उक्त टावरको डीपीसी सर्जिमिन गराएका थिए । नगरपालिकाको टोलीले त्यतिबेला सर्जिमिन गरेको र मापदण्ड पुग्ने नपुग्ने अध्ययन भईरहेकै समयमा स्थानीय बासिन्दाले बाटोको विषयमा समेत विरोध गरेर नगरपालिकामा उजुरी दिएका थिए । त्यसै कारण निर्माणको काम रोकिएको उक्त भवन अहिलेसम्म वेवारिसे अवस्थामा छ ।

नगरपालिकाले भवन निर्माण मापदण्ड अनुसार फार नपुग्ने भनेपछि कम्पनीले जोडिएको थोरै जग्गा किनेर फार पुग्ने भन्दै अर्को निवेदन पनि दिएको भन्ने सुनिएको तर, त्यसबारे छलफल भएको जानकारी प्राधिकरणमा नआएको प्राधिकरणको भनाई छ । 

नगरपालिकाको भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार फार ३.० हुनुपर्ने थियो । उक्त क्षेत्रको जग्गाको क्षेत्रफल करिब ६ रोपनी ३ आना छ । 

विभागबाटै पहल

न्यौपाने टावरका मालिक भने विष्णु न्यौपाने हुन् । उनले उक्त भवन निर्माणका क्रममा आवासीय अपार्टमेन्टका लागि स्वीकृति लिएको भएपनि भूकम्पपछि मानिसहरु अग्ला घरमा बस्न डराएका कारण होटलमा रुपान्तरण गर्ने सोच बनाएका थिए । भूकम्प गएको ५ वर्ष बितिसक्दा पनि अनेकन झण्झटका कारण भवनको फिनिसिङ हुन सकेको छैन ।

होटलका लागि न्यौपानले अनुभवी समूह खोजेका थिए । उनले ग्राण्ड, सोल्टी र सिद्धार्थ ग्रुपसँग यसबारे कुराकानी पनि गरेका थिए । अन्तिममा कुनै पनि समूहले सञ्चालन गर्न मन नगरेपछि न्यौपानेले आफैँ अहिले टावरमा अपार्टमेन्ट र ५ तले भवनमा बिजनेश कम्पलेक्स नै चलाउने मनस्थितीमा पुगेका छन् ।

शहरी विभास तथा भवन निर्माण विभाग, उपत्यका विकास प्राधिकरण र नगरपालिका धाउँदा धाउँदा वाक्क भएपछि उनले विभागबाटै स्वीकृतिको पहल थालेका छन् । यस बारेको आंशिक जानकारी भने प्राधिकरण समक्ष पनि पुगेको छ । नगरपालिका भने केही बोलेको छैन । तर, उक्त स्थानको किता नम्बर २६ र ५० को जग्गा जोडेर मापदण्ड विपरित अर्को भवन बनाउन थालेपछि नगरपालिकामा उजुरी पुगेको मध्यपूर थिमी नगरपालिका बताउँछ ।

तपाईको प्रतिक्रिया

Related Posts

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता
Headline

वैदेशिक रोजगारीमा मधेश अगाडि, तर रेमिट्यान्समा अपेक्षित लाभ नदेखिएको चिन्ता

December 18, 2025
विविध

अतिक्रमणकाे चपेटामा परेका र लुप्त भइसकेका ताल तथा पाेखरीकाे नक्साङ्कन

December 18, 2025
जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
Headline

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण

October 29, 2025
मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
Next Post
प्रधानमन्त्रीको समर्थनमा काठमाडौंमा निकालियो धोती जुलुस

प्रधानमन्त्रीको समर्थनमा काठमाडौंमा निकालियो धोती जुलुस

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य