काठमाडौं ,माघ १गते बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा भने, ‘थप कारबाही गर्नुपर्ने अवस्था बनिरहेको छ । स्थायी कमिटीको बैठकले गम्भीर छलफल गर्छ ।’ नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीमाथि थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि घोषणा गरेपछि प्रचण्ड–ओली समूहले बहुमत सदस्यको बैठक राखेर ओलीलाई अध्यक्ष र संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो । त्यसपछि पनि गुटगत गतिविधि गरेको र अनुशासन उल्लंघन गरेको भन्दै नेता नेपालले ओली समूहले यो नेकपाको आधिकारिक आफूहरु नै भएको दाबी गरेको छ । र, नेकपाको आधिकारिकता विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।
राजनीतिक अस्थिरता अन्त्य गर्नेगरी पाँच वर्षे म्याण्डेट पाएको नेकपा सरकारले दुई वर्ष कार्यकाल बाँकी रहँदै संसद् विघटन गरिदियो । पार्टी कलह बढ्दै जाँदा प्रधानमन्त्री केपी ओलीले अन्ततः संसद् नै विघटन गरेपछि नेकपा विभाजित भयो । निर्वाचन आयोगको वैधानिकता कुरिरहेका दुवै समूहका नेताहरू यतिखेर देश दौडाहामा छन् ।दौडाहाको दौरानमा जनताको बहुदलीय जनवाद (जबज) को आत्मा जगाउने बजोड मौखिक स्पर्धा चलेको छ । पूर्व एमालेको मार्गदर्शक सिद्धान्त रहेको जबजप्रति ओली र माधवकुमार नेपाल निकट नेताहरूमा बढी चासो छ । नेपालहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’तिर लागेकाले जबजको असली उत्तराधिकारी आफू बनेको ओली समूहको दावी छ । उता माधव निकट नेताहरु ओलीले प्रधानमन्त्री पदसँग जबज साटिसकेको बताउँछन् ।
तपाईको प्रतिक्रिया