काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा आज एक खेल हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा वालिङ नगरपालिका र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुन लागेको हो ।
वालिङ र चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे सुरु हुनेछ । आज वालिङ र चन्द्रपुर दोस्रो जितको खोजीमा हुने छन् । वालिङ ५ खेलमा ५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । विदेशी खेलाडीको साथ पाएको वालिङ जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छ ।
चन्द्रपुर ५ खेलमा ३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । चन्द्रपुर पनि जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ ।
तपाईको प्रतिक्रिया