काठमाडौ, २१ माघ । अब ट्राफिक नियम उल्लङ्घन गरे अनलाइनबाटै जरिमाना भुक्तान गर्न मिल्ने भएको छ।
सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
यसअघि बैंकमा गइ लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नु पर्थ्यो। अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ।
महाशाखाले बुधबार (आज) अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ।
तपाईको प्रतिक्रिया