पर्सा, २२ माघ । नेकपा प्रचण्डमाधव समूहले गरेको देश व्यापी आमहड्तालको प्रभाव बिहीबार (आज) पर्सा र वीरगञ्ज क्षेत्रमा पनि परेको छ।
वीरगञ्जको घण्टाघर क्षेत्रमा बिहानैदेखि प्रदर्शनकारीहरू विरोधमा उत्रिएका छन्। प्रहरीले पर्साका युवा नेताहरू रहवर अन्सारी, अरविन्द सिंहलगायत २० जनाभन्दा बढी नेता-कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।
सरकारले संविधानलाई बेवास्ता गर्दै संवैधानिक निकायहरुमा नियुक्ति गरेको प्रतिनिधिसभा (संसद) विघटनविरुद्ध आन्दोलनरत दाहाल–नेपाल समूहले विरोधमा हड्तालको आह्वान गरेको हो।
तपाईको प्रतिक्रिया