काठमाण्डौ, माघ २२ । काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा ७७ जना नेतारकार्यकर्ता पक्राउ गरेका छन् ।
भक्तपुरमा एक जना र काठमाण्डौका विभिन्न ठाउँबाट ७६ जना पक्राउ परेका प्रहरीले जनाएको छ । पक्राउ परेकामध्ये एक जना रिहा भएका छन् ।
प्रहरीले अनुसन्धानपछि उनलाई रिहा गरेको जनाएको छ । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालका कारण उपत्यकासहित देशका विभिन्न ठाउँको सुरक्षा व्यवस्था कडा छ ।
काठमाण्डौमा सधै जसोको तुलनामा आज (विहीबार) कम गाडी चलेका छन् । सरकारले ढुक्क भएर गाडी र बजार पसल खोल्न आग्रह गरेको छ । बन्दको चौतर्फी विरोध र आलोचना भइरहेको छ ।
तपाईको प्रतिक्रिया