काठमाण्डौ, माघ २२ । हिमाली तथा उच्च पहाडी जिल्लामा विहीबारहिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही ठाउँ र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यमखालको पानी पर्ने सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन् ।
विहीबार राति वाग्मती प्रदेशभन्दा पश्चिमतिर पश्चिमी वायुको प्रभाव पर्ने र हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले बताए।
अर्यालकाअनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय रेखाको प्रभाव रहेको छ । यस्तै अहिले पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको मौसमविद्ले बताएका छन् ।
तपाईको प्रतिक्रिया