कैलाली, माघ २३ । कैलालीमा बस र ट्रयाक्टर एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत घोडाघोडी नगरपालिका–१ मा से १ त ४८३८ नम्बरको ट्रयाक्टर र ना४ ख ९९७३ नम्बरको बस एक आपसमा ठोक्किदा ४ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ । ट्रयाक्टर चालक भने फरार छन् भने बस चालक घटना स्थलमै रहेको प्रहरीले जानकारी दिए।