बैतडी, माघ २३ । बैतडीमा १७ वर्षीया किशोरीको शव फेला परेको छ।

बैतडीको दोगडा केदार गाउँपालिका वडा नम्बर ७ स्थित लवलेक सामुदायिक वनमा वडा नम्बर ७ कै चडेपानी बस्ने भागरथी भट्टको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

हत्या गरि शव फालिएको आशंका गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।