काठमाडौं : सर्वोच्च अदालतले संवैधानिक परिषदको बैठकको सिफारिसका आधारमा संवैधानिक आयोगमा भएका नियुक्तिबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठीले संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर सोही अध्यादेशमार्फत् संवैधानिक परिषद्को बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दावीसहित रिट दायर गरेका थिए ।
रिटमाथि आज (शुक्रबार) न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाई भएको र इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको हो । रिट निवेदकका तर्फबाट ३ जनाले बहस गरेका थिए ।
तपाईको प्रतिक्रिया