काठमाडौं : अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको सुनुवाई ८ फेब्रुअरीबाट शुरु हुने भएको छ ।
ट्रम्पलाई दोश्रो पटक महाअभियोगको कारबाही हुन गइरहेको छ । ट्रम्प अमेरिकी इतिहासकै दोश्रो महाअभियोगको सामना गर्ने पहिलो राष्ट्रपति भएका छन् । महाअभियोगका प्रबन्धकले ट्रम्पलाई आफ्नो पक्ष राख्न भनेका छन् । ट्रम्पका वकीलले भने ट्रम्पविरुद्ध चलिरहेको महाअभियोगको प्रक्रियालाई असंवैधानिक भनेका छन् ।
तपाईको प्रतिक्रिया