काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा १०५ जना कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ७ सय ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये २ हजार १ सय ८ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा २ हजार ७ सय ९९ जनाको पिसिआर परीक्षण गर्दा १ सय ५ जनामा कोरोना पुष्टि भएको छ । योसँगै पिसिआर परीक्षण हुनेको संख्या २० लाख ८८ हजार ३ सय ७२ पुगेको छ । गत २४ घण्टामा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार २३ पुगेको छ । हाल ९२ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय ७२ जना उपचारपछि डिस्चार्ज भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ६७ हजार ५ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, देशभर हाल ७७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६४ जना आइसियु र १३ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा ३१ आइसियु र ९ भेन्टिलेटरमा, गण्डकीमा ५ जना संक्रमित मात्र आइसियुमा छन् ।
लुम्बिनी प्रदेशमा २६ आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया