काठमाडौं : नेपालमा आज (शुक्रवार) सम्म १ लाख ७१ हजारभन्दा धेरै नागरिकले खोप लगाएका छन् ।
कोरोना खोप अभियानअन्तर्गत आज बेलुकीसम्म ७७ जिल्लाका २ सय १ खोप बुथबाट १ लाख ७२ हजार ४ सय ८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७ सय ५६, वाग्मतीमा ५९ हजार ९ सय ४२ जनाले खोप लगाएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गण्डकी प्रदेशमा १७ हजार ३ सय १५, लुम्बिनीमा २६ हजार ८ सय ९८, कर्णालीमा ८ हजार ६ सय ८४ र सुदूरपश्चिममा १२ हजार ८ सय ९ जनाले खोप लगाएका छन् ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिशिल्ड खोप यही माघ १४ गतेदेखि अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । पहिलो चरणको खोप अभियान शनिवार (भोलि) सकिने मन्त्रालयले जनाएको छ । दोस्रो चरणसम्बन्धी जानकारी चाँडै गराइने प्रवक्ता गौतमले बताए ।
तपाईको प्रतिक्रिया