काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को संस्करणमा नेपालका ८ खेलाडीले अक्सनमा नाम दर्ता गराएका छन् ।
फेब्रुअरी १८ मा हुने आइपिएलको अक्सनमा विश्वभरबाट १ हजार ९७ खेलाडीले नाम दर्ता गराएका छन् । जसमा नेपालबाट ८ खेलाडी परेका छन् । अक्सनमा परेका खेलाडीको नामावली भने सार्वजनिक गरिएको छैन ।
अक्सनमा भारतका ८१४, वेस्ट इन्डिजबाट ५६, अस्ट्रेलियाबाट ४२, दक्षिण अफ्रिकाबाट ३८, श्रीलंकाबाट ३१, अफगानिस्तानबाट ३०, न्यूजिल्यान्डबाट २९, इंग्ल्यान्डबाट २१, युएईबाट ९, स्कटल्यान्डबाट ७, बंगलादेशबाट ५, आयरल्यान्ड, जिम्बाब्वे र अमेरिकाबाट समान २-२ तथा नेदरल्यान्डबाट एक खेलाडी रहेका छन् ।
एउटा फ्रेन्चाइज टिमले बढिमा २५ खेलाडी आफ्नो टिममा राख्न पाउँछन् तर, यो अक्सनबाट भने ६१ खेलाडीलाई आठ फ्रेन्चाइज टिमले अनुबन्धित गर्ने छ । जसमा २२ विदेशी खेलाडी अक्सनबाट छानिने छन् ।
तपाईको प्रतिक्रिया