रुकुम पश्चिम : रुकुम पश्चिममा चट्याङ्ग लागेर एकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
मुसीकोट नगरपालिका ६, गवारीका अन्दाजी ४२ वर्षीय भीमबहादुर बोहराको गएराति चट्याङ्ग लागेर ज्यान गएको प्रहरीले जनाएको छ । चट्याङ्ग लागेका बोहराको घरमै ज्यान गएको हो ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले बताए । चट्याङ्ग लागेर बोहराकी ३५ वर्षीया श्रीमती सीता घाइते भएकी निरीक्षक शाहीले जानकारी दिए ।
घाइते सीताको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । सीताको दायाँ खुट्टा, दायाँ हात तथा शरीरको दायाँतर्फको भागमा चोट लागेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया