काठमाडौं : काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भूभागमा आज (शनिवार) हल्का देखि मध्यम खाले वर्षा भइरहेको छ ।
पश्चिमी वायुको प्रभावका कारण मुलुकमा वर्षा तथा हिमपात भइरहेको मौसम विभागले जनाएको छ । बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा प्रदेश १ का अधिकांश भूभागमा पानी परिरहेको विभागले जनाएको छ ।
विभागका अनुसार, मौसममा आइतवार मात्रै सुधार देखिने सम्भावना छ । विभागले कतै मेघगर्जन तथा चट्याङ परिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अहिले परिरहेको पानीका कारण केही दिन चिसो बढ्ने भन्दै चिसोबाट बच्न उचित तरिका अपनाउन पनि सुझाव दिएको छ ।
प्रकाशित :माघ २४, २०७७
तपाईको प्रतिक्रिया