कञ्चनपुर, माघ २५ । कञ्चनपुरको बेलौरी नगरपालिका १० भुडा क्षेत्रबाट नक्कली नोट र सामानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल भारत सीमा क्षेत्रबाट शनिवार साँझ नक्कली नोट बनाउन प्रयोग हुने सामान र नक्कली नोटसहित पुर्नवास नगरपालिका ६ का ४५ वर्षीय रमेश खाती र काठमाडौं महानगरपालिका १४ बौद्धका ३३ बर्षिय बिष्णु भट्टलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका दुबै जना माथि आवश्यक थप अनुसन्धानको कार्य भैरहेको जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट नक्कली एक हजाको एक थान र पाँच सयका दुई थान नोट बरामद गरिएको छ।
यसैगरी, विभिन्न नोटको साइजमा काटिएका पेपर ३८० थान, काठको केमिल राखेको भाँडो एक थान र स्टीलका थाल दुई थान बरामद गरिएको छ।
तपाईको प्रतिक्रिया