पुतलीसडकमा विद्युत सर्ट हुँदा आगलागी
काठमाण्डौ, माघ २५ । काठमाण्डौको पुतलीसडकमा आगलागी भएको छ ।
पुतलीसडक चोकमा रहेको विद्युतीय पोलमा आइतबार आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार विद्युत सर्ट भएर आगलागी भएको हो । आगलागीका कारण अन्य क्षति नभएको प्रहरीले जनाएको छ ।
