काठमाडौं : पछिल्लो केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको अन्तिम कारोबार दिन शुक्रबार घटेर ९० हजारमा कारोबार भएको सुनको भाउ आज बढेको छ ।

यसदिन छापवाल सुन प्रतितोला ६ सयले बढेर ९० हजार ६०० रुपैयाँ कायम भएको छ । सोही परिमाणको तेजावी सुनको भाउ भने आज ९० हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि प्रतितोला ९० रुपैयाँ बढेको छ । शुक्रबार तोलामा एक हजार २९० रुपैयाँ कायम भएको चाँदी आज एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रकाशित : २५ माघ, २०७७