काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ११९ कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तिमध्ये १ हजार ८ सय १५ सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा २ हजार २ सय ५१ को पिसिआर परीक्षण गर्दा ११९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४ सय १७ पुगेको छ । गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ३८ पुगेको छ ।
हाल ९२ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय ६० जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ६७ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ र प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् । बागमती प्रदेशमा २५ आइसियु र ८ भेन्टिलेटरमा, गण्डकीमा ३ जना संक्रमित मात्र आइसियुमा छन् । लुम्बिनी प्रदेशमा २६ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
कर्णाली प्रदेशमा १ जना आइसियु र १ भेन्टिलेटरमा रहेका छन् । सूदुरपश्चिम प्रदेशमा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा नरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित : २५ माघ, २०७७
तपाईको प्रतिक्रिया