लमजुङ, माघ २६ । लागुऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। लमजुङको सुन्दरबजार नगरपालिका–९, तल्लो बजारबाट लागुऔषधसहित सिन्धुपालचोकका मीनबहादुर बानियाँलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सिन्धुपाल्चोकको कुन्चोक–९ घर भई हाल सुन्दरबजारमा बस्दै आएका ३४ वर्षीय बानियाँलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई खानतलासी गरेको थियो।
खानतलासीका क्रममा बानियाँको साथबाट फेनेरागन एम्फुल ११ थान, नोफिन ११ थान, केयरज्याक ११ थान लागुऔषध फेला पारेको लमजुङका प्रहरीले जनाएको छ।
पक्राउ परेका बानियाँँलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धान तथा कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया