काठमाडौं : आजदेखि सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशन शुरु हुने भएको छ । बजेट अधिवेशन अन्त्य भएको ६ महिनापछि प्रदेशसभाको बैठक हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

बैठक दिउँसो १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा सरकारबाट तर्फबाट पेश भएका विभिन्न ३ वटा विधेयक टेबुल गर्ने कार्यसूची तय भएको छ । नेकपा विभाजनपछि पहिलो पटक बस्न लागेको प्रदेशसभा बैठकलाई चासोकारुपमा हेरिएको छ ।

३७ सदस्यसहित प्रदेशसभामा २ तिहाइ प्रदेशसभा सांसद रहेको नेकपा विभाजनपछि २ समूहमा विभाजित भएका छन् । सरकारको नेतृत्व गरिरहेको प्रचण्ड-नेपाल समूहसँग ३० जना र ओली समूहसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पुष १४ गते भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेका थिए । त्यसपछि आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले राजीनामा दिएका थिए । मुख्यमन्त्रीले रिक्त मन्त्रालयमा अहिलेसम्म मन्त्री नियुक्त गरेका छैनन् ।

प्रकाशित : ६ माघ, २०७७