रामेछाप, माघ २७ । रामेछापको गोकुलगङ्गा गाउँपालिका-२ ठोसेको चौरपातलका किपाले शेर्पाको घरमा आगलागी हुँदा एकजनाको ज्यान गएको छ ।
किपा शेर्पाकी ८० वर्षकी आमा पासाङ लेगी शेर्पाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
ढुङ्गामाटोले बनेको एक तले घरमा रहेको भान्सामा बालेको आगो सल्कँदा घर जलेर नष्ट भएको छ भने ४ लाख रुपैयाँभन्दा बढीको क्षति र घरभित्र रहेका सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
तपाईको प्रतिक्रिया