काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सरकारी निर्देशनपछि प्रहरीले निगरानी गरेको छ ।
प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । भीभीआईपीलाई गालीगलौज गरेको अभियोगमा गृह मन्त्रालयको निर्देशनमा महानगरीय अपराध महाशाखाले नेत्री झाँक्रीलाई निगरानी गरिरहेको जनाएको छ ।
‘भाषणहरूमा गालीगलौज गरेको आरोपमा पक्राउ गर्नेका लागि निर्देशन आएको छ, हामीले खोजिरहेका छौं,उहाँ अहिले उपत्यकाबाहिर हुनुहुन्छ । २८ गते आउने भन्ने खबर छ,आउना साथ पक्राउ गर्ने योजनामा छौं,’महाशाखाका एक प्रहरी अधिकृतले भने ।
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया