काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेसँग टेलिफोन कुराकानी गरेका छन् ।
सोमबार राति ११ बजेतिर मोदीले बाइडेनसँग कटेलिफोन वार्ता गरेको भारतीय मिडियाहरूले जनाएका छन् । बाइडेनले राष्ट्रपति पदको सपथ लिएपछि मोदीले पहिलो पटक टेलिफोनमा कुराकानी गरेका हुन् ।
आइतबार राति ट्विट गर्दै मोदीले यसबारे जानकारी दिएका छन् । उनले बाइडेनसँगको कुराकानीका विषयमा बताएका छन् । बाइडेनको सफलताप्रति शुभकामना व्यक्त गरेको मोदीले जानकारी दिएका छन् । मोदीले दिएको जानकारी अनुसार क्षेत्रीय मुद्दा र साझा प्राथमिकताका विषयमा कुराकानी भएको हो ।
मोदीले जलवायु परिवर्तन वरुद्ध सहयोग अघि बढाउन मोदी र बाइडेनबीच सहमति भएकोे छ । इण्डोप्यासिफिक क्षेत्रको शान्ति र सुरक्षाका विषयमा कुराकानी भएको र यसमा साझा रणनीति तय गर्ने विषयमा पनि मोदी र बाइडेनबीच कुराकानी भएको जनाइएको छ । एजेन्सी
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया