काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न निर्वाचन आयोगमा पुगेका छन् ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री तथा महासचिब बिष्णु पौडेल र नेता सुवास नेम्वाङलाई साथमा लिएर प्रधानमन्त्री ओली आयोगमा पुगेका हुन् ।
पार्टी भित्रको अन्तरकलहले राजनीतिक रुपमा बिभाजन भएपनि नेकपा कानूनी रुपमा दुबै पक्षले आफु आधिकारिक भएको दाबि गर्दै आइरहेका छन् । यस अघि आयोगले नेपाल-दाहाल समुहका अध्यक्ष माधब कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग छलफल गरिसकेको छ ।
सरकारले दुई चरणमा निर्वाचन गर्ने स्थानहरुको बारेमा टुङ्गोसमेत लगाइसकेको छ । त्यस बिषयमा पनि आयोगमा छलफल हुने जनाईएको छ ।
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया