काठमाडौं : अभिनेत्री करिश्मा मानन्धरलाई आरके इन्टरटेनमेन्टको २० औँ वार्षिकोत्सवको अवसरमा महानायिकाको उपाधी प्रदान गरिएको छ ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा उनलाई आरके इन्टरटेनमेन्टले यो उपाधी प्रदान गरेको हो । करिश्मालाई राजेश हमालले महानायिका देखिने क्राउन लगाइदिएका थिए । अभिनेत्री मानन्धरले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट फिल्मी क्षेत्रमा यात्रा गरेकी थिइन् ।
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया