काठमाडौं : पछिल्लो २४ घण्टामा १६० कोरोना संक्रमित थपिएका छन् भने २ जनाको मृत्यु भएको छ ।
योसँगै कुल संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ७ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् ।
गत २४ घण्टामा ४ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा १६० जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख १० हजार ५७ पुगेको छ ।
आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या २ हजार ४७ पुगेको छ । हाल ८७ जना क्वारेन्टाइनमा छन् । गत २४ घण्टामा १ सय ६५ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६८ हजार ४ सय ३१ पुगेको मन्त्रालयले जनाएको छ ।
यस्तै, देशभर हाल ८९ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ६४ जना आइसियु र १५ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३ जना आइसियुमा छन् । प्रदेश २ मा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन् ।
बागमती प्रदेशमा ३० आइसियु र १३ भेन्टिलेटरमा, गण्डकीमा २ जना संक्रमित आइसियुमा छन्। लुम्बिनी प्रदेशमा २७ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा १ जना आइसियु रहेका छन् । सूदुरपश्चिम प्रदेशमा १ जना आइसियु रहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया