काठमाडौं : नेपाल प्रहरीका ७ एसपीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार प्रचलित नियमअनुसार तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरुको सरुवा गरेको हो ।
सरुवा हुने एसपीमा दीप शमशेर जबरा, रेवती ढकाल, भोला बहादुर रावल, किसन सिंह थापा, विकास राज खनाल, ओम प्रसाद अधिकारी र नान्तीराज गुरुङ रहेका छन् ।
प्रकाशित :२७ माघ, २०७७
तपाईको प्रतिक्रिया